पोखरामा आफ्नै नवजात शिशुको हत्याको आरोपमा बुवा पक्राउ
पाेखरा | साउन ६, २०८२
पोखरा: पोखरामा आफ्नै नवजात शिशुको हत्या आरोप बुवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले नवजात शिशुको हत्या गरेको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई पोखरा नागढुङ्गा बस्ने ३७ वर्षीय गोविन्द लामिछानेलाई आइतबार पोखरामा पक्राउ गरेको हो ।
गतवर्षको असोज १३ गते पोखरा महानगरपालिका–१४ चाउथे स्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा नवजात शिशुको शव फेला परेका थियो ।
जेब्रा झोलामा भेटिएको नवजात शिशुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि शिशुको घाँटी र टाउकोमा चोटका कारण मृत्यु भएको रिपोर्टपछि शिशुको बुवाले नै हत्या गरेको खुल्न आएपछि लामिछानेलाई १० महिनापछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
श्रीमतीलाई सुत्केर बेथालागी उपचारको लागि जाँदा पक्राउ परे लामिछाने
गतवर्षको असोजमा आफ्नै नवजात शिशुको हत्याको आरोपमा फरार लामिछानेलाई श्रीमतीलाई सुत्केरी बेथालागी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा लैजादा गर्दा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

